arrow

अहिलेसम्मकै महँगो भयो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार सुन तोलामा १८ सय रुपैयाँले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । 

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।

यसअघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ