arrow

एनएमबि बैङ्क “ग्रिन बैङ्क अफ द इयर २०२४” अवार्डले सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
nmb-green-bank-year-2024.jpg

काठमाडौँ। एनएमबि बैङ्क “ग्रिन बैङ्क अफ द इयर २०२४” अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्ल्यूएसीसी २०२४ मा प्रदान गरिएको हो।

यो सम्मान एनएमबि बैङ्कको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैङ्किङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। एनएमबि बैङ्क वातावरणीय विचारहरूलाई रणनीतिक रूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैङ्किङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।

एनएमबि बैङ्क विगत २७ वर्ष देखी अनवरत रूपमा बैङ्किङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैङ्कले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि  ‘बैङ्क अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैङ्क हो।

एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैङ्कको उपाधि  ‘बैङ्क अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ। एनएमबि बैङ्कले हाल देश भर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ