arrow

मावि राहत शिक्षकमा घोराही उपमहानगरकै प्रवक्ताका छोरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
rammani-saroj-pandey-dang.jpg

लमही । घोराही २ स्थित माद्यमिक विद्यालय रामपुर वुकाको विज्ञान राहत शिक्षकमा मिलेमतो गरेर आफू निकटका ब्यक्तिको नाम निकालिएको छ । एमालेबाट निर्वाचित घोराही १ का वडाध्यक्ष राममणि पाण्डेको माइला छोरा सरोज पाण्डेको मावि राहत विज्ञान शिक्षकमा नाम निकालिएको हो । 

विज्ञ नियुक्तिमा पनि एमालेकै आस्थावान बब्लु शर्मा र मोहन थापा रहेका थिए । विज्ञले वस्तुगत प्रश्नपत्र बनाउने गर्छन् । विषयगत प्रश्नपत्र घोराही उपमहानगरका प्रमुख कार्यकारी अधिकृत ऋषिराम केसीको हातमा हुन्छ । 

एमालेकै नेता श्रीराम घर्ती मावि बुकाको विद्यालय व्यवस्थापन अध्यक्ष छन् । घोराही २ रामपुरबाट निर्वाचित वडाध्यक्षमा चित्रबहादुर चौधरी छन् । विज्ञ विब्यस अध्यक्ष, वडाध्यक्ष र प्रअको मिलेमतोमा नियुक्त भएको छ । 

केही समय पहिले विद्यालयको प्रअ पुष्कर शर्मालाई एमालेले सोही विद्यालयमा प्रअ बनाएर ल्याएको थियो । यसअघि मावि विद्यालय खैरामा पनि घोराही उपमहानगरका प्रवक्ता तथा सामाजिक शिक्षा समितिका संयोजक रहेका राममणिकै छोरा सरोजको नाम संघीय अनुदानमा निकालिएको थियो । 

मावि विज्ञानको राहतमा दुई जनाको मात्रै आवेदन परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ