arrow

नबिल बैङ्कले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
nabil-bank-finacle-award-2024.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो।

बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो। यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको बताए। ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैङ्कको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’ सिइओ ढुङ्गानाले भने।

उनले अवार्ड प्राप्तिमा  सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी, लगानीकर्तालाई श्रेय दिएका छन्। यो अवार्ड जित्नुले बैङ्क आफैँमा नयाँ बेन्चमार्क तय भएको बैङ्कले जनाएको छ। डिजिटल प्रक्रिया स्वचालनमा थप नवीन कार्यको लागि बैङ्कले प्रतिबद्धता जाहेर गरेका छन्।

नबिल बैङ्क लिमिटेड नेपालको अग्रणी बैङ्क हो। बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैङ्कले २२ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ