arrow

कांग्रेस नेता मगरमाथि कुटपीट गरी लुकीछिपी हिँडेका वीरबहादुर नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
birbahadur-tamang-crime-f.jpg

काठमाडौँ । हुलदंगा गरी कुटपीट गर्दै ज्यान मार्ने उद्योग गरेर लुकीछिपी हिँडेका वीरबहादुर तामाङलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन् । 

काठमाडौँको पेप्सीकोलाबाट रामेछापका स्थानीय नागरिकले तामाङलाई समातेर प्रहरीमा बुझाइदिएका हुन् । उनलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखी रामेछाप प्रहरीलाई बुझाउने तयारी भएको छ । 

उनीविरुद्ध रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं २ बस्ने  ४६ वर्षका  जीतबहादुर मगरले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । मगरले वीरबहादुर तामाङसँगै गगनसिंह घिसिङ भन्ने विष्णु घिसिङ,पासाङ घिसिङ र गहन सिंह तामाङविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका छन् ।

मगरले आफू नेपाली कांग्रेस पार्टीमा २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामेछाप जिल्ला क्षेत्र नं.१ प्रदेश सभा (ख) मा उम्मेद्वार भएको र कांग्रेसको १४ औँ महाधिवेशनबाट बाग्मती प्रदेश कार्य समिति हेटौँडाबाट सदस्य पदमा निर्वाचित भई सोही भूमिकामा रही कार्य सम्पादन गरिरहेको अवस्थामा उनीहरुले हातपात र कुटपीट गरी हत्या गर्ने योजना बनाएको उजुरी दर्ता गराएका हुन् । 

‘मिति २०८१ साल जेठ महिना ५ गते शनिबार नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ रामेछापको जिल्ला अधिवेशनको लागि मलाई अतिथिको रुपमा आमन्त्रण गरिएकोमा आसन ग्रहन गराउने क्रममा प्रमुख अतिथ पछि चौथो नं. मा मलाई असिन ग्रहण गराउनु पर्छ भनी कसूरदारमध्ये वीरबहादुर तामाङले बखेडा झिकी होहल्ला गरी कार्यक्रम सञ्चालन हुन नदिएको’, जाहेरीमा उल्लेख गरेका छन् । 

प्रमुख अतिथि नेपाली कांग्रेस रामेछापका सभापति तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र विशेष अतिथि पूर्व–सभापति रामचन्द्र खड्का लगायतको उपस्थितिमा आफूसमेत अतिथिको रोहमा बसिरहेको अवस्थामा आक्रमण गरेको उल्लेख छ । 

तामाङले ज्यान लिने नियतले ढुंगामुढा, फलामको रडसमेत प्रयोग गरी पटक–पटक प्रहार गरी रहँदाको अवस्थामा आफू अचेत भएकोसमेत जीतबहादुरले बताएका छन् ।  

आफूलाई उद्धार गरी प्रहरी कार्यालयबाट खटिएका प्रहरीले फिस्टेल एयरको हेलिकप्टर मगाई उपचारको लागि टाउकोमा गम्भीर चोट लागि अर्धचेत अवस्थामा काठमाडौँसम्म पठाइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्दा दाँत भाँची टुक्रा–टुका भएको, बाँकी रहेका हल्लिएका खाने, चपाउने कामसमेत गर्न नसक्ने अवस्थामा रहेको आँखामा गम्भीर चोट लागी हेर्न समस्या रहेको र शरीरका संवेदनशील अंगहरुमा घाउचोट लागेको अवस्थाका साथै टाउकोमासमेत गम्भीर चोट लागेको अवस्था भएकाले जीतबहादुरले आरोपीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्  । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ