arrow

अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
num-sadak-pahiro-sangkhuwashaba.jpg
फाइल तस्बिर

काठमाडौँ ।  सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । 

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको  तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । 

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ