arrow

तीन दिन स्थिर रहेको सुनको मूल्य बुधबार बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि आइतबारदेखि मंगलबारसम्म सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ