arrow

माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
nala-nawalpur.jpg

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

आज साँझ कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएकी कावासोती नगरपालिका-५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

माटोले पुरिएर कावासोती नगरपालिका-५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो ।

चमेली दर्लामीकोसमेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए ।

पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ