arrow

तोलामा चार सयले घट्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । 

सुन तोलामा एक लाख ४१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ