arrow

टेलिकमका कर्मचारी महिलालाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
ntcwu-81-3-2.jpg

काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियनले नेपाल टेलिकममा कार्यरत महिला कर्मचारीहरुलाई प्रशिक्षण दिएको छ । युनियनको महिला समितिको संयोजनमा आइतबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा युनियनमा आबद्ध ६४ जना महिला कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी समाजशास्त्री सुशीला भट्ट मिश्रले महिला कर्मचारीहरुलाई नेतृत्वमा महिला विषयक तालिम दिइन् । 

उनले महिलाहरुलाई घरको समय व्यवस्थापन गरेर कार्यालयदेखि सामाजिक तथा राजनीतिक नेतृत्वको अभ्यास कसरी गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिएकी थिइन् । 

कार्यक्रमको समापन सत्रमा बोल्दै समाजशास्त्री भट्टले अब महिलाले नेतृत्व विकास मात्रै नभएर नेतृत्वमा पुग्ने बेला भएको बताइन् । नेतृत्व विकासले नेतृत्वबारे बुझाउने मात्रै भएको भन्दै अब नेतृत्व गर्दै सिक्ने बेला भएको उनको भनाइ छ । 

कार्यक्रममा यूनएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले सिकाइको स्तर तीन प्रकारको हुने बताउँदै सिकेको कुरा फैलाउनसक्ने सिकाइका लागि महिला कर्मचारीहरुलाई शुभकामना दिए । 

'सियोले लुगा सिउँदा सियो हटाइसँगै प्वाल टालिन्छ, त्यही सियोले छालामा घोच्यो भने घोचेको ठाउँजत्तिकै घाउ लाग्छ । तर, एक थोपा पानी भुइँमा खस्यो भने त्यो चारैतिर फैलिन्छ, सिकाइ त्यस्तै हो, हामीले सिकेको ज्ञानलाई यसैगरी फैलाउनुपर्छ', उनले भने । 

कार्यक्रममा नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष सुरेश रौनियारले युनियन र यस अन्तर्गतका समितिहरुले आगामी दिनमा पनि नेतृत्व विकास लगायत अन्य कार्यक्रमहरु गर्दै जाने बताए । तर, यो अवसरलाई सदुपयोग गर्ने जिम्मा भने प्रशिक्षार्थीहरुकै भएको उनको भनाइ छ ।

कार्यक्रममा युनियनको महिला समितिकी संयोजक ममता बाँस्कोटाले यस कार्यक्रमले महिला कर्मचारीहरुमा नेतृत्वको नेतृत्व क्षमतामा सहयोग पुगेको विश्वास व्यक्त गरिन् ।  कार्यक्रमको समापन सत्रमा युनियनका वरिष्ठ उपाध्यक्ष लालबहादुर राना, उपाध्यक्षद्वय समिता कोइराला तथा रोशन बजगाइँ महासचिव लोकेन्द्र पनेरुलगायत सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ