arrow

रहेनन् कांग्रेसबाट जितेका ग्रामथान गाउँपालिका अध्यक्ष थारू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
jayaprakash-gachhedar-tharu-nc.jpg

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको छ । 

५६ वर्षीय थारूको सोमबार दिउँसो १ बजे निधन भएको हो । राष्ट्रिय सभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा २०८० माघ १० गते साँझ बेहोश भएर ढलेका थारूलाई उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो ।  उपचारमा संलग्न चिकित्सकले थारूलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 

अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ