arrow

बाइडेनले जीवनसाथीका लागि अध्यागमन मार्गलाई सहज बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
biden-un.jpg

काठमाडौँ ।  राष्ट्रपति जो बाइडेनले मङ्गलबार अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको स्थिति प्राप्त गर्नका लागि प्रक्रियालाई सहज बनाउने नयाँ नियम सार्वजनिक गर्नुहुने ह्वाइट हाउसले बताएको छ । 

नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि अमेरिकीहरूका लागि महत्त्वपूर्ण मुद्दाका रूपमा रहेको आप्रवासनमा बाइडेन प्रशासनले झिनो अन्तरबाट हिँड्ने प्रयास गरिरहेको छ । 

डेमोक्रेटहरू अवैध आप्रवासीहरूमाथि कठोर हुने प्रयास गरिरहेका छन् । साथै उनीहरूले स्वयंलाई ट्रम्पको कठोर नीतिहरूबाट भिन्न रहेको पनि बताइरहेका छन् । 

एउटा कार्यकारी आदेशमा बाइडेनको कार्यलाई रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका समर्थकहरूले तत्काल निन्दा गरेका छन् । 

नयाँ नियमले स्थायी बसोबासका लागि योग्यता विस्तार नगरी पहिलेदेखि नै योग्यता भएकाहरूका लागि प्रक्रियालाई सुव्यवस्थित गर्नेछ । 

कम्तीमा १० वर्ष मुलुकमा उपस्थित भएका र सन् २०२४ जुन १७ भन्दाअघि अमेरिकी नागरिकसँग विवाह गरिसकेकाहरूका लागि नयाँ नियम लागु हुनेछ । प्रशासनले यसमा करिब पाँच लाख मानिसलाई समावेश गर्ने अनुमान गरेको छ । 

यसबाहेक अमेरिकी नागरिकहरूका करिब ५० हजार सौतेनी सन्तानहरू योग्य हुनेछन् । स्वीकृत मानिसको स्थायी बसोबासका लागि आवेदन गर्ने समयमा अमेरिकामा तीन वर्षसम्म बस्ने र कामको अधिकार दिइनेछ । 

एक पटक कसैसँग स्थायी बसोबास (ग्रिनकार्ड) भयो भने उसले सैद्धान्तिकरूपमा पछि नागरिकताका लागि आवदेन दिन सक्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ