arrow

स्पेशल टाक्स फोर्सका बाइस वर्षे जवानले गरे संसद भवनभित्रै आत्महत्या [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
police-suicide-parliemant-(.jpg

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । 

उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । बुधवार बिहान संसद भवनको शौचालयमा गोली लागेको अवस्थामा उनलाई मृत भेटिएको हो ।

२२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको बताइएको छ । 

नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा  कार्यरत उनी २०७८ मा  भर्ना भएका थिए । 

उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको बताइएको छ । 

 

police-suicide-parliemant (5).JPG
police-suicide-parliemant (6).JPG
police-suicide-parliemant (1).jpg
police-suicide-parliemant (2).JPG
police-suicide-parliemant (3).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ