arrow

मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्छ - रमेश लेखक [भिडियो]

पुनः लेखन नगरे बेठिक ढङ्गले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
ramesh-lekhak-03-05.jpg

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा उनले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताए । उनले मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । 

उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने बताए ।

उनले भने, ‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो । मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो । जसरी सदनमा कुरा उठिरहेको छ । प्रतिपक्ष त झन् संयमित छ । सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ । सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीले पनि केही गर्न खोज्नुभएको जस्तो, अर्थमन्त्रीजीले पनि केही गर्न खोज्नुभएको जस्तो देखिएको हो । तर मन्त्रालयगत विनियोजनमा जाँदा लज्जास्पद स्थिति देखा पर्‍यो । नेपालको इतिहासमा विरलै भएको घटना भएका छन् । रोष्ट्रममै बजेटको कपि च्यात्ने काम भएको छ । मौन धारण त्यहीँ भएको छ । सत्ता पक्षकै मान्यजीहरुले यसको आलोचना गरिरहनुभएको छ । सदनभित्र कुनै पनि एक जना माननीय सन्तुष्ट हुनुहुन्न । यो सिद्धान्त: नै गलत विनियोजन भएको छ । यो सरकारका लागि उचित विषय होइन ।' 

उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनः लेखन नगरे बेठिक ढङ्गले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने बताए । उनले भने,'प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ती मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढङ्गले वितरण गर्ने ढङ्गमा संलग्न हुनुहुथ्यो भन्ने निष्कर्षमा हामी पुग्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ