arrow

युक्रेनले छिट्टै ईयू सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
european-union-eu.jpg

काठमाडदँ ।  युक्रेनले चाँडै नै युरोपेली सङ्घ (ईयू) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । 

सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ । 

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग आफ्नो युद्धग्रस्त मुलुकको नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा सहमति भएको ‘अभूतपूर्व’ १० वर्षको सुरक्षा सम्झौताको प्रशंसा गरे । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले ईयूका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ । 

“युक्रेनी र ईयूका वार्ता टोलीहरूले सुरक्षा सम्झौताको पाठलाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले एक विज्ञप्तिमा भने । 

सुरक्षा सम्झौता युक्रेनका लागि खतरनाक समयमा भएको छ । युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र उसको हतियार कमजोर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ