arrow

तोलामा छ सय रुपैयाँले बढ्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ