arrow

प्रचण्डले भारत भ्रमणका सम्बन्धमा सदनलाई गराए जानकारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
prachanda-03-06-2.jpg

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका सम्बन्धमा सदनलाई जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा लिखित रूपमा आमन्त्रण गरेपछि आफू भारत गएको बताए । 

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए । उनले त्यस क्रममा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र दुई देशबिच विगतमा भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।

 त्यसै दुई देशका बीचमा बनेका द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि गम्भीर रूपमा छलफल भएको उनले बताए । प्रधानमन्त्री दाहालले त्यस क्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको र मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको उनले जानकारी दिए ।

उनले भने – ‘नरेन्द्र मोदीजी तेस्रो पटक प्रधानमन्त्री हुने भएको र उनको लिखित आमन्त्रण पनि भएपछि म भारत गएको थिएँ । गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुने सिलसिलामा मैले २०८१ जेठ २७ र २८ गते भारतको औपचारिक भ्रमण गरेको थिएँ । भ्रमणका दौरानमा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा जेठ २७ गते आयोजना गरिएको एक विशेष समारोहका बीच हालै भारतमा सम्पन्न आम निर्वाचनपश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्ति हुनुभएका नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा म सहभागी भएँ । उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो । नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने, दुई देशबिच विगतमा भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन, सबै द्धिपक्षिय संयन्त्रहरू, यसमा सीमा सम्बन्धी संयन्त्र पनि पर्दछ, संयन्त्रहरूको बैठक सुचारु गर्ने । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवम् कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा गम्भीर छलफल भएको थियो । मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उनले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ । यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु । त्यसका अतिरिक्त दुई देशबिच रही आएको सहयोगात्मक र बहुआयामिक सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप बलियो तुल्याउन योगदान गरेको छ । साथै आगामी दिनमा उच्चस्तरमा विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध दुई पक्षीय संयन्त्रहरू समेतको माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको महसुस पनि मैले गरेको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ