arrow

एनएमबि बैङ्कको कतार एयरवेजसँग साझेदारी, ग्राहकहरूलाई फ्लाइट टिकटमा १० प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
nmb-qatar-airways-mou.jpg

काठमाडौँ। एनएमबि बैङ्कले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ। एनएमबि बैङ्कका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ। यो अफर मार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन्। साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन्।

एनएमबि बैङ्क विगत २८ वर्ष देखि अनवरत रूपमा बैङ्किङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैङ्क दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि “बैङ्क अफ दि इयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैङ्क हो। एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैङ्कले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ