arrow

अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ- सचिव काफ्ले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
deepak-kafle-sachib.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा उनले कुनै पनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए । 

उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्य स्थलका रूपमा विकास हुने बताए । उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरू नेपाल भित्र्याउन सक्नुपर्ने बताए । उनले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्वविद्यालय सबै मिल्न आवश्यक रहेको बताए । संसारमै नभएका कुराहरू रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बन्न सक्ने जिकिर गरे ।

उनले भने, ‘विश्वव्यापी रूपमा भन्नेकुराहरु छ । मान्छेहरूलाई ६ महिना भन्दा बढी कुनै मानिसले रिसर्च गर्छ भने त्यसलाई स्टुडेण्ट भिसाको रूपमा दिऔँ । स्टुडेण्ट भिसा दिनुपर्छ भनेर हामीले अहिले सरकारी स्तरमा छलफलहरू छ । त्यस हिसाबमा मानिसले यहाँ पनि आउने गन्तव्य बनाउनु प¥यो । अहिले सरकारको नीति कार्यक्रममा १५ लाख पर्यटन ल्याउने भनेको छ । त्यो १५ लाख पर्यटक मध्ये ५ लाख मान्छे स्टुडेण्ट ल्याऔँ न । त्यसको लागि कोसिस गरौँ न । हामी कहाँ के के गर्नुपर्छ । सरकार, समुदाय, निजी संस्थाले केके गर्नुपर्छ त्यसको छलफल गरौँ । नेपाललाई गन्तव्य स्थल बनाएर आउँछ भने यहाँ अध्ययन गर्ने संसारमा नभएका कुरा छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ