arrow

ठप्पै भयो काठमाडौंमा मेलम्चीको पानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
melamchi-water.jpg

काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् । 

साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ