arrow

बाढीले एकै परिवारका चार जना बगायो : एकको मृत्यु, दुई बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
badhi-doti222.jpg
तस्बिर-फाइल

मोरङ । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका-५ का एकै परिवारका चार जना बगेकामा एकको मृत्यु भएको छ ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् ।

बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ