arrow

बिरला लगातार दोस्रो पटक भारतीय लोकसभाको सभामुखमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
om-birla-speaker-india-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाई ध्वनि मतबाट सभामुख चुनिएको हो ।

बिरला दोस्रो पटक सभामुख बनेका छन् । यसअघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए । 

सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । सहमति नबनेपछि विपक्षी दलले के सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो ।

बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन् । 

भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ