arrow

तोलाको सात सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । 

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ