arrow

जलवीरेमा पहिरोः नारायणगढ–मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
narayanghad-mugling-2080-03-15.jpg
तस्बिर – फाइल ।

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । 

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए । 

 हाल सडक एकतर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलवीरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी चालु हुने जानकारी दिएको छ ।  



नयाँ