arrow

राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीहरु राजस्व असुली भन्दा गोजी असुलीतर्फ सक्रिय

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०८१ असार १२ बुधबार
revenue-investigation-office-bara.jpg
तस्बिर – फाइल ।

बारा । राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीहरु सरकारको राजस्व असुली भन्दा आफ्नो गोजीतिर असुलीतर्फ ध्यान केन्द्रित गरेपछि प्रधानमन्को निजी सचिवालय विवादमा तानिएको छ । 

प्रधानमन्त्रीका निजी सचिव अर्जुन भण्डारीको आशीर्वाद पाएरै अधिकृत रेशम भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बसेर सिंगो मधेस प्रदेशमा आतंक मच्चाउने काम गरिरहेको उच्च स्रोत बताउँछ । 

स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर तस्करीको शंकामा बुझाएका मालसमेतका गाडीहरु भण्डारीको थप आय आर्जनको माध्यम बनेको स्रोतको दाबी छ ।  

भण्डारीले नियन्त्रणमा लिएका गाडीहरुको कुनै लगत नै नराखी नजराना बुझेर पठाउने शैलीको कारण राजस्व अनुसन्धान विभाग पनि आजित भएको विभागका एक कर्मचारी बताउँछन् । 

                                                     अधिकृत रेशम भण्डारी

जेठ महिनाभित्र सयौँ ट्रक, मिनि ट्रक र पिकअपहरु भण्डारीले रोकेर नजराना बुझेर छोडेको प्रमाण विभागमा पुगेपछि असार २ गते विभागले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई एक पत्र लेखी छोडेको गाडीहरुको विवरण माग गरेको छ ।

जेठ २४ गते राति ११:५० बजे नियन्त्रणमा लिएको पिकअप केही मिनेटपछि नजराना बुझाएर क्लिन चिट बोकेर त्यही मितिमा बाहिरिएको पत्रसमेत प्राप्त भएको छ । 

सो पत्रको बोधार्थ सशस्त्र प्रहरी बलको इकाइ कार्यालय पथलैयामा दिएको उल्लेख गरिएको छ। कार्यालयभित्र ल्याइसकेको गाडीको बारेमा कुनै लगत खडा गरिएन । 

ढोकामा बसेको सशस्त्र प्रहरीले बिना पुर्जी गाडी नछोड्ने भएकोले पत्र दिइएको भन्दै बाहिर समात्ने र छोड्ने अन्तहीन श्रृङ्खलाको कुरा गरीसाध्य नभएको स्रोतको दाबी छ ।

भण्डारीलाई यस कार्यमा कार्यालय प्रमुख प्रेम देवकोटाको मौन समर्थन रहिआएको पनि स्रोत बताउँछ । 

नासुद्वय आमिर दाहाल र टिका माझीको भरपूर साथ सहयोग रहैकोसमेत स्रोतको दाबी छ । जितपुर सिमरा औद्योगिक कोरिडोर,स्थानीय साहु महाजन र तस्करहरुलाई थर्काएर मासिक रेशम भण्डारीको टोलीले घटीमा पाँच करोड भन्दा बढी रूपैयाँ मासिक असुलिरहेकोसमेत स्रोत ठोकुवा गर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ