arrow

युक्रेनद्वारा सुरक्षा सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
nato-office-ukrean-president.jpg

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) र युक्रेनले बिहीबार ब्रसेल्समा युरोपेली परिषद् शिखर सम्मेलनमा सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की शिखर सम्मेलनमा सहभागी भए । उनले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग एक समारोहमा सुरक्षा सम्झौतामा हस्ताक्षर गरे । 

सामाजिक सञ्जाल एक्समा चार्ल्स मिसेलले भने, “यी प्रतिबद्धताहरूले युक्रेनलाई आफ्नो रक्षा गर्न, अस्थिरताको विरोध गर्न र भविष्यमा आक्रामकताका कार्य रोक्न सहयोग गर्नेछन् ।”

त्यसैगरी एक्समा भोन डेर लेयेनले भने, “हामी युक्रेनलाई आक्रामकताको यो युद्धविरुद्ध उसको रक्षा गर्न र भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि आवश्यक हतियार, सैन्य प्रशिक्षण र सहायता प्रदान गरिरहन प्रतिज्ञा गर्दछौँ, यो मुख्य कुरा हो, हामी लामो दौडका लागि तयार छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ