arrow

अमेरिकी राष्ट्रपति चुनाव बहसः बाइडेन–ट्रम्प आमने सामने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
biden-trump-24-6-28.jpg

काठमाडौँ । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ । यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् ।

सीएनएनले आयोजना गरेको यो टेलिभिजन बहस ९० मिनेटसम्म चलेको थियो । बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्नेबारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जितेका थिए ।

बहस अघि बाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने बाइडेनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन् ।

बहस विभिन्न मुद्धामा भएको थियो । जसमा अवैध आप्रवासी, गर्भपतन, इजरायल–हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्धामा बहस भएको थियो ।

बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठीक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए भने ट्रम्पले बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्र्पति भएको बताएका थिए ।      

यो बहस सीएनएनका एन्कर जेक ट्यापर र डाना बासले संचालन गरेका थिए । बहसका लागि केही नियम बनाइएको थियो । 

मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २–२ मिनेटको समय दिइएको थियो भने आरोपहरुको प्रतिवाद गर्न एक एक मिनेटको समय दिइएको थियो । एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ