arrow

एनएमबि बैङ्कले सातै प्रदेशमा एमएसएमई दिवस मनायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
nmb-msme-day-2024.jpg

काठमाडौँ। एनएमबि बैङ्कले एमएसएमई दिवसको मनाएको छ। अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैङ्कले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गने उद्देश्य कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो। कार्यक्रममा बैङ्कका बिनिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थित रहेको दियो।

कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटलाईजेशन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो। यस कार्यक्रममा उपस्थित ग्राहकहरू बिच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्द्धन गर्नको लागि बैङ्कले सहजीकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आइपरेको बिनिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलताका कथाहरू समेत सुनाएका थिए।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैङ्कले, एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आइरहेको छ। यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बताएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैङ्कले प्रदान गरेको छ।

एनएमबि बैङ्क विगत २८ वर्ष देखि अनवरत रूपमा बैङ्किङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैङ्क दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि “बैङ्क अफ दि इयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैङ्क हो। एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैङ्कले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ