arrow

सुन चाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
goldsilver-meet.jpg

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुनचाँदीलाई पर्याप्त रूपमा आपूर्तिको व्यवस्था गर्न माग गरे । उनले हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात ६० हजार डलरको सीमा रहेको बताए । 

उनले सीमाका कारण नेपालको सुनचाँदी बजार नियन्त्रण भएको बताए । उनले कुनै व्यवसायको उद्योगले दैनिक एक किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई प्यान नम्बरको आधारमा एक किलो नै सुन पाउने र कसैले पाँच किलोको क्षमता राख्छ भने सोही बमोजिम र कसैलाई ५० ग्रामको आवश्यकता छ भने सोही बमोजिम सुन उपलब्ध हुने गरी सुनको आपूर्ति खुला गर्नुपर्ने बताए । उनले आयात खुला गर्दा बैङ्कका साथै व्यवसायहरूलाई पनि आयात गर्न दिई प्रतिस्पर्धात्मक रूपमा बजार चल्न दिनुपर्ने बताए । 

आयात भएको सुन दुरुपयोग गर्न नदिनका लागि वितरण प्रणालीमा सहयोग गर्न महासङ्घ तयार रहेको बताए । सुनको भन्सार दरमा १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत गरिएपछि महँगो सुन झनै महँगो भएको बताए । साथै २ प्रतिशत बिलासी कर लगाउँदा सुन चाँदीका गरगहनाले नेपालको धर्म संस्कृति, पहिचान र देशको समृद्धिको सम्पत्ति र सुरक्षित बचतका रूपमा रहने क्षेत्रलाई विलासिताको क्षेत्रमा परिणत गर्दा झनै मार परेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजेटमा सुन चाँदी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने गरी नीति नआएको बताइन् । उनले सुनचाँदी व्यवसायीहरु एक भएर अघि बढ्न जरुरी रहेको बताइन् । उनले सुनको भन्सार पाँच प्रतिशत वृद्धि गरेकोप्रति आपत्ति जनाउँदै युवामात्रै नभई व्यवसायीहरू पनि पलायन हुने स्थिति आएको बताइन् ।

कार्यक्रममा बोल्दै नकेपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले नेपाल सुनचाँदी व्यवसायी महासङ्घले पाउनुपर्ने जति गरिमा र ओज नपाएको गुनासो गरे । उनले सुनचाँदी व्यवसायीलाई, सुनचाँदी व्यवसायी सङ्घ संस्थालाई हेर्ने दृष्टिकोणमै खोट रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ