arrow

वैदेशिक रोजगार पीडितको हकका लागि आईटी आर्मीले गर्‍यो श्रममन्त्रीको पुतला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
putla-dahan-rojgar-ministry.jpg

काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रबार काठमाडौँस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको पुतला दहन गरेका छन् । 

आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुले वैदेशिक रोजगारका पीडितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन् ।

वैदेशिक रोजगारका पीड़ितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलनसँगै उनीहरूले  वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन् ।  तर आन्दोलनको सरकारमाथि कुनै असर परेको देखिएन।

विदेश जाने युवाहरुसँग बिना रसिद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाललाई कारबाही गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनकारीलाई हतोत्साही गर्ने कार्य सही नभएको भन्दै यसमा प्रधानमन्त्रीको समयमा ध्यान जाओस् भनी प्रभु साहले बताएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन् । 

‘अहिले वैदेशिक रोजगारको नाउँमा‘ लाखौँ लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५–१० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’, अध्यक्ष साहले भने । 

यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै वैदेशिक रोजगार विभागलाई ज्ञापन पत्रसमेत बुझाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ