arrow

राक्षसबाट बालबालिकालाई बचाउन त्रिशूल जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
pashupatinath1.jpg

काठमाडौँ । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा पशुपति क्षेत्रमा सम्पन्न गरिएको छ । 

प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाइ छ । स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए । 

राक्षसले पशुपतिबाट बालक लैजाने नियमित नै भएपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगेको थियो । आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।

नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशूल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको मान्यता रहिआएको छ । 

आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशूल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशूलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाइ पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्य बताउँछन् । 

सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किंवदन्ती यस क्षेत्रमा चलेको छ । 

कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुरक्षित हुने विश्वास गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ