arrow

ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
senoir-citizen.jpg

काभ्रेपलाञ्चोक । जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार पाएका हुन् ।

सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए । 

गाउँपालिकाले आफ्ना समस्याका बारेमा बुझ्ने, भत्ता, छाता र लौरो आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको उनले सुनाए । खानीखोला गाउँपालिका–५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ