arrow

पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न अभियानको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
rastriya-ekata-abhiyan-81-3.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सार्वजनिक बहसको आयोजना गरेको छ। बहसका क्रममा तीन प्रमुख निष्कर्षहरुमा सहमति भएको छ। 

जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने, विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने समावेश छ।

यस बहस कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा एमालेका नेता योगेश भट्टराईले आफ्नो मन्तव्य राखे। उनले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याए । 

यसबाहेक पूर्व मन्त्री ओमप्रकाश यादव गुलाजारी, संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता वीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, अभियंता संतोष देउजा लगायतले पनि आ-आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य अभियानका केंद्रीय सदस्य चन्द्र यदुवंशीले दिएका थिए भने कार्यक्रम संचालन अभियानका युवा नेता दिवस पटेलले गरेका थिए। 

कार्यक्रम पश्चात् सहभागीहरूले तिब्बतीकरण रोक, चिनियाँ विस्तारवाद मुर्दावाद, ऋण जाल चाहिँदैन, देश बेच्न पाइँदैन जस्ता नाराहरु लगाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङको पुतला दहन गरेका थिए। 

यस घटनाले चीनप्रति असन्तोष र पोखरा विमानस्थलको निर्माण प्रक्रियामा देखिएका विभिन्न विवादित मुद्दाहरूप्रति ध्यान आकर्षित गरेको छ। यो सार्वजनिक बहसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य र नेपालको कूटनीतिक र आर्थिक नीतिहरूमा गम्भीर बहस सुरु गराएको छ। 

अभियानका नेताहरूले सरकारले यथाशीघ्र यी निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ