arrow

एनआईसी एसिया बैंकद्वारा मास्टरकार्ड इस्युरेन्स सेवा शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
nic-asia-mastercard-81.jpg

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौँ ग्राहकमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इस्युरेन्स सेवा शुभारम्भ गरेको छ । 

आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्युरेन्स सेवाको शुभारम्भ गरिएको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ । 

यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पीओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको जनाएको छ । 

कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एसिया बैंकले हालसम्म भिजा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ