arrow

एमाले कांग्रेस सरकार

राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट समझदारी हुन सक्यो भने नराम्रो मान्न मिल्दैन -बद्री पाण्डे [भिडियो]

प्रधानमन्त्री र मन्त्रीहरू फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
badri-pandey-03-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट कांगरेस एमाले समझदारी हुन सक्यो भने नराम्रो मान्न नसकिने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढङ्गले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उनको भनाई छ ।

तर महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताए । उनले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र सङ्कीर्ण सोच भएको बताए ।

उनले भने – ‘महिना महिना दिनमा हुने उथलपुथलले राजनीतिलाई, राजनीतिज्ञहरूलाई व्यवस्थालाई केही कुरालाई पनि फाइदा हुँदैन । म चाहिँ रोमाञ्चित हुन्न । दुई वटा दल मिल्ने कुरा फेरि कसैलाई प्रधानमन्त्रीबाट हटाएर अर्कोलाई स्थापित गर्ने । मन्त्रीहरू परिवर्तन गर्ने कुरामा मात्रै आधारित भयो भने त्यो झन् निकृष्ट र संर्किण सोचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ मलाई । संविधान बदल्नु छ, कानूनहरु बदल्नु छ, सत्तालाई स्थिर ढङ्गले चलाउनु छ, बाँकी रहेको ३ वर्षलाई स्थिर शासन दिने ध्येयले ठुलो उद्देश्यले एक ठाउँमा उभिने कुरा गरे भने, देशको अर्थतन्त्र कमजोर छ, राजनीति अस्थिरता छ । त्यसकारण देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौ । देशको राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट समझदारी हुन सक्यो भने त्यसलाई नराम्रो मान्न मिल्दैन । तर केवल सत्ताको अदलबदलमा मात्रै आधारित भयो भने त्यो संर्किण सोचले राजनीतिलाई पनि ठिक बाटोमा लाँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ