arrow

सत्संगमा भागदौड हुँदा १२२ जनाको मृत्यु, डेढ सय बढी घाइते, २२ आयोजकमाथि एफआईआर, बाबा फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
satsang-bhagdaud-2024.jpg

काठमाडौँ । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु भएको छ । भारतीय मिडियाहरुले भागदौडमा १२२ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको उल्लेख गरेका छन् ।

हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ । २२ आयोजकमाथि एफआईआर दर्ता गरिएको छ । उक्त सत्संग गराउने बाबा भने फरार भएका छन् । 

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन् ।

उक्त सत्संगमा २२ हजार भक्तजन रहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ