arrow

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड चालु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
dumre-beshisahar-sadak-rss.jpg

लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड चालु भएको छ ।  

यस सडक खण्डअन्तर्गत  लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ खण्ड चालु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । 

लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ