arrow

चार सय रुपैयाँले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ । 

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ