arrow

'ब्ल्याकमेलिङ' को राजनीति नगर्न रविलाई जितजंगको चेतावनी [भिडियो]

खोलौँ न सबै फाइल खोलौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
jeetgunj-basnet-03-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे । उनले ब्ल्याकमेलिङको राजनीतिक नगर्न चेतावनी दिए । 

उनले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो चाँडो भन्दा निकास सरकारलाई दिन आग्रह गरे । उनले दुई धोका खाएका नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताए ।

उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ । चाँडो भन्दा चाँडो सरकारले निकास दिनुपर्यो‍ । चाँडो भन्दा चाँडो सरकारमा जान चाहन्छाँै । यो स्पष्ट कुरा हो । जहाँसम्म संविधानका कुरा छ, लोकतन्त्रको कुरा छ, धर्म निरपेक्षताको कुरा छ । यो कांग्रेसको हिजोदेखिकै कुरा हो, यसमा हामी कतै झुकेनौँ, टुटेनौँ । बारम्बार धोका दिँदा दिँदा दुई धोका खाएका व्यक्तिहरू दुई ठूला पार्टी एक भएका छन् । कांग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो । प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ । बल खेल्न नदिऊँ भनेर यो सहमति भएको छ । उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगराँै । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ