arrow

सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ को सहकार्यमा निःशुल्क तालिम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
sipradi-csr-chandarigiri-municipal-mou.jpg

काठमाडौँ। सिप्रदी कम्पनजीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको निःशुल्क डेक्सटप सपोर्ट तालिम कार्यक्रम सम्पन्न भएको छ। तालिम कार्यक्रम २०८१ जेठ १९ गते देखी सुरु भएको थियो।

उक्त निःशुल्क तालिममा चन्द्रागिरि नगरपालिकाका ३२ जना प्रशिक्षार्थी हरूले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ्ग, बेसिक नेटवर्किङ, इमेल-इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी तालिम पाएका छन्। यस तालिममा सिप्रदीयन सहायता संस्थाले सम्पूर्ण आर्थिक, प्राविधिक, प्रशिक्षण लगायत भौतिक पूर्वादारहरूका लागि स्थायी रूपमा चन्द्रागिरि नगरपालिका वडा कार्यालयलाई दुई लाख ५० हजार बराबरको आर्थिक सहायता हस्तान्तरण गरेको थियो।

तालिम समापन समारोह चन्द्रागिरि न.पा–वडा नं १४ का वडा अध्यक्षको सभापतित्व र चन्द्रागिरि नगरपालिका नगर प्रमुख श्री घनश्याम गिरीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो। नगर प्रमुख श्री घनश्याम गिरीले यस्ता कार्यक्रमले नगरमा रोजगारी सृजना गरी सामाजिक विकाश गर्ने कुरा बताए। वडा अध्यक्ष राज भाइ महर्जनले यस किसिमको तालिमले स्थानीय सरकार, सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन हुने कुरा बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ