arrow

बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सीको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
china-president-xi-jinping-un-council.jpg

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार कजाखस्तानको राजधानी अस्तानामा भएको मध्य एसिया शिखर सम्मेलनमा नेताहरूलाई बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सुझाव दिएको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

“हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, एकअर्काको ख्याल राख्न र हाम्रो देशको भविष्य र क्षेत्रीय शान्ति र विकासलाई दृढतापूर्वक नियन्त्रण गर्न हातेमालो गर्नु आवश्यक छ,” सीले साङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठकमा भने । 

मस्कोदेखि बेइजिङसम्म विशाल क्षेत्रलाई समेट्ने एससीओमा विश्वको लगभग आधा जनसङ्ख्या समावेश रहेको छ र यसको १० औँ सदस्यको रुपमा बिहीबार बेलारुसलाई स्वागत गरिएको छ । 

यस वर्षको आयोजक कजाकिस्तान, भारत, चीन, किर्गिजस्तान, पाकिस्तान, रसिया, ताजिकिस्तान, उज्बेकिस्तान र गत वर्षको आयोजक इरान यसका अन्य नौ स्थायी सदस्य हुन् । 

“एससीओ निष्पक्षता र न्यायको पक्षमा खडा हुनु विश्वका लागि अत्यन्त महत्त्वपूर्ण छ,” राष्ट्रपति सीले बताए ।

सीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका थिए । छलफलका क्रममा राष्ट्रपति पुटिनले सीलाई साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ