arrow

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ । 

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ