arrow

हरेक टियागो इभि बुकिङमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
sipradi-tata-motors-monsoon-exchange-mela.jpg

काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ। मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशै भरी रहेका शोरुमहरूमा यही असार २१ गते देखी २३ गते सम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरूको फाइदा लिन सक्नु हुनेछ। साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरू पनि पाउन सक्नुहुनेछ। उल्लेखित अफरहरू मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ।

ग्राहकहरूको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरूमा हुन गइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ