arrow

रुखबाट लडेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
baglung_district.png

बागलुङ । बागलुङमा रुखबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बडीगार्ड गाउँपालिका वडा नं. १० का ७० बर्षीय दलबहादुर गुरुङ छन् ।

आज बिहान करिब ८ बजे गुरुङ आफ्नै खरबारीमा रहेको काउरोको रुखमा चढी घाँस काट्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए ।

उनको तत्कालै उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाइको छ ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार बिक नेतृत्वको टोलीले घटनाका बारेमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।



नयाँ