arrow

राईको कथा संग्रह ‘अस्तु’ को परिचर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
puran-rai-astu.jpg

पोखरा । पुछारसिटे अभियानको आयोजनामा कथाकार डा. पुरण राईको कथा संग्रह ‘अस्तु’ को परिचर्चा कार्यक्रम पाेखरामा सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा प्रमुख अतिथि सरुभक्तले पुरण राईको कथा लेखन शैली र प्रतिभाको खुलेर प्रशंसा गरे ।

‘अस्तु’ कथा संग्रहको समीक्षा गर्दै  लेखक तथा ममीक्षक सञ्जीव पौडेलले कथाकार राईका लेखन शैली निकै उत्कृष्ट र सुन्दर रहेको बताए ।

ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथा मौलिक रहेको, विषयवस्तुको चयन, आख्यान बुनौट शैली र प्रस्तुति प्रशंसनीय रहेको पौडेलले स्पष्ट पारे ।

लेखक तथा साहित्यकार दीपक समीपले डा. पुरण राईलाई साहित्यको विविध विधामा सबलरुपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रुपमा चिनाए ।

कथाकार डा. राईले आफ्नो समाजका लागि केही न केही योगदान दिनुपर्न बताए । उनले आफूले साहित्य लेखनको साथसाथै अनलाइन अभिलेख स्थापना गरि साहित्यको उन्नयनका लागि विविध क्रियाकलाप गर्दै आइरहेको बताए ।

पुछारसिटे अभियानका सुरज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रम श्रीराम अधिकारी गोर्जेले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ