arrow

बर्तौला भन्छन् – माधव नेपालको दोकान बन्द भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
mahesh-bartaula-81-3-23.jpg

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भोलि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ