arrow

एक दर्जन बढी रूसी ड्रोन युक्रेनले खसाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
russia-drones-.jpg

काठमाडौँ। युक्रेनी वायुसेनाले आइतबार उसको वायु रक्षा प्रणालीले रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन नष्ट गरेको बताएको छ ।

रुसले हिजो राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी किरोभोहराद, खार्किभ, सुमी र पोल्टाभा क्षेत्रमा खसालेको युक्रेनी समाचार एजेन्सी (युक्रिनफर्म) ले युक्रेनको वायुसेना कमाण्डर लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै बतायो ।

सन् २०२२ मा युक्रेनमा सैन्य कारबाही सुरु भएदेखि द्वन्द्वका दुवै पक्षले कति क्षति बेहोरे भन्ने विषयमा विवादास्पद रिपोर्टहरू आएका छन् । प्रत्येक पक्षले अर्कोलाई गम्भीर क्षति पु¥याएको दाबी गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ