arrow

एक्साइड ब्याट्रीका डिलरहरू जापान भ्रमणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
exide-dealers-tour-japan-20.jpg

काठमाडौँ । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै आफ्ना च्यानल पार्टनरहरूलाई सात दिने जापान भ्रमण गराएको छ । 

उक्त भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरू सहभागीता रहेको थियो । 

एक्साइड ब्याट्रीका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले नेतृत्व गरेको यस जापान भ्रमणको क्रममा च्यानल पार्टनरहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । 

भ्रमणका क्रममा प्रतिनिधिहरूले जापानका प्रमुख सहरहरू टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरूको अवलोकन गरेका थिए । 

यस्ता आकर्षणहरू कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्याण्ड आदि हुन् ।  

यसभन्दाअघि यसैगरी च्यानल पार्टनरहरूलाई युरोप भ्रमण गराइएको थियो । एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणहरूले कम्पनी र च्यानल पार्टनरबिचको सम्बन्ध अझ बलियो र पारस्परिक रुपमा फलदायी हुन्छ । 

भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।  गाडी, मोटरसाइकल, इन्भरटर र सोलार सम्बन्धी एक्साइड ब्राण्डका उच्चस्तरीय  ब्याट्रीहरू  बजारमा उपलब्ध छन् । 

मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आइरहेको छ । एक्साइडले नेपाली बजारमा अग्रस्थान ओगट्न सफल भएको बताइन्छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ