arrow

रुसी आक्रमणमा परी ३१ युक्रेनीको मृत्यु, डेढ सय घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
russia-ukrain-attack-24-7-9.jpg

काठमाडौँ । युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ ।

यी १७ मृत्युमध्ये दुई बाल अस्पतालमा भएको थियो । निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ । आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो । बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । जेलेन्स्कीले किभ र स्लोभियान्स्क लगायतका शहरहरूमा ४० वटा छुट्टाछुट्टै मिसाइल हमला भएको बताए।

यी आक्रमणमा आवासीय भवन, भवन र बाल अस्पतालमा क्षति पुगेको छ। धुवाँको बादल कीभ शहर भर देख्न सकिन्छ।

जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टमा मानिसहरू अस्पतालको भग्नावशेषमा फसेको जानकारी दिदै चिकित्सक, नर्स र सर्वसाधारणले पनि भग्नावशेष हटाउने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ