arrow

धर्म निरपेक्षतालाई लिएर संविधान संशोधन गर्न खोजे माओवादी संसद र सडकमा उत्रने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
madhav-sapkota.jpg

काठमाडौँ ।  नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन् । । सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताए । उनले संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने बताए । 

उनले पश्चगामी सोचाईका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताए । उनले कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए । उनले जनताका अधिकारहरुलाई सुदृढ गरेर र समयानुकुल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताए ।

उनले भने – ‘हाम्रो भनाई के हो भने यस्तो पश्चगामी सोचाईका साथ उनहरु संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरेपनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिङ्ग, वर्गले प्रतिवाद गर्छ । त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ । त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उनहरुले हमला गर्न थाल्ए भने त्यसको प्रतिकार गर्नुको त अरु हामीसँग के विकल्प रहन्छ र ? जनताका अधिकारहरुलाई सुदृढ गरेर, समयानुकुल परिवर्तन र संशोधन गर्दै जाने कुरामा माओवादी पछि हट्दैन । तर प्राप्त भएका उपलब्धिहरुका माथि हमला गर्ने, खोसिने, कटौती गरिने, गिद्धेनजर लगाउने भयो भने त त्यसको सशक्त ढंगले प्रतिवाद हुन्छ ।’

उनले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ